ACIDITY - CAUSE, EFFECTS, TREATMENT अम्लपित्त भएमा घरेलु उपचार
यो एउटा यस्तो रोग हो जुन आमाशयमा अम्लिय मात्रा बढ्नाले गर्दा हुन्छ । फास्ट फुडको यो जमानामा प्राय व्यक्तिमा यो रोग देखिन्छ ।
कारण
तातो पदार्थ, धेरै पिरो, मसालेदार खाना खानु, समोसा, पकौडा, भुटेको मासु, अचार, दही, तितो कागती, हरियो खुर्सानी, प्याज, लसुन, रक्सी, चिया, कफी, सुर्ती, गुटखा, सिगरेट आदिको अधिक मात्रामा सेवन गर्नाले अम्लपित्त हुन्छ । चिन्ता, रिस गर्नाले, निन्द्रा नलाग्ने, एस्प्रिन जस्तो दुखाई हटाउने दवाइ खाली पेटमा खानाले, मानसिक तनाबमा धेरै समयसम्म रहनाले, लामो समयसम्म भोके रहनु, आधा पाकेको मासु खाने कारणले गर्दा यो रोग हुन्छ।
लक्षण
यो रोग लागेमा पेट वा छाती पोल्छ, अमिलो डकार आउँछ, मुखमा पानी आउछ, पेट दुख्छ, जीउ भारी हुन्छ, ग्यासको समस्या हुन्छ, कलेजी पोले जस्तो महसुस हुन्छ, अमिलो उल्टी हुन्छ, घांटी पोल्नु, कब्जियत हुनु यो रोगका लक्षण हुन् ।
के खाने
खानामा हल्का खालको खाना दाल, भात, जाका सातु, साबुदाना, मिठाई, मूग खानुपछ। मक्खन, नौनी, घ्यू पनि खान सकिन्छ । फलहरुमा केरा, सलगम, अमला, कागती, अनार, नरिवलको पानी तथा कांचो नरिवल, कान्क्रो आदि खाने । तरकारीमा लौका, परवल, करेला, गाँजर, प्याज, मूला, सलगम, बैंथुको सांग आदि खानुपर्छ। हरियो धनियां धेरै मात्रामा खानु राम्रो हुन्छ । चिसो दूध एक-एक कप गरेर दिनमा तीन-चार पटक पिउनाले धेरै राम्रो गर्छ । बिहान खाली पेटमा एक-दुई गिलास पानी पिउनु पर्छ । अमलाको धूलो एक कप दूधसँग बिहान बेल्का खाना खाइसकेपछि खाने ।
के नखाने
खाना खाँदा ढिलो पच्ने खालको भारी खाना नखाने । नया अन्न, बेमौसमको खाना , घ्यू, तेलमा तारेको भुटेको चीज नखाने । पिरो, मसालेदार चटपटे, धेरै नुन भएको, अचार, दही, अमिलो, माछा-मासु, अण्डा, हरियो खुर्सांनी नखाने । चिया, कफी, रक्सी सूर्ती जस्तो चीजबाट पनि टाढै रहने । मेथी, लसुन, बदाम, तील, भिण्डी नखाने ।
के गर्ने
रीस, चिन्ता, मानसिक तनावदेखि टाढै बस्ने प्रयत्न गर्ने । पेटमा माटोको गिलो पट्टी आधा घण्टासम्म बाँधेर राख्ने । विहान खाली पेटमा नियमित रुपमा घुम्न जाने । सधैं परै शरीर मालिस गर्ने । यसले नाडीको उक्तेजना शान्त गर्दछ । मोतीको माला लगाउँद पनि फाइदा पुग्छ। अम्लपित्त बढेर दुःख दिएमा उल्टी गरेमा फाइदा हुन्छ ।
के नगर्ने
रोगीलाई कव्जियत हुन नदिने । दुखाई हटाउने दबाई बिशेष गरी एस्प्रिन खाली पेटमा नखाने । धेरै समयसम्म खाली पेट नबस्ने । राती अवेरसम्म नवस्ने ।
Reviewed by Dal Bahadur Dev gurung
on
August 27, 2020
Rating:

No comments:
Post a Comment